नृत्य र चिकित्सा मिलेर नै नृत्य चिकित्साको स्वरुप खडा भएको हो । नृत्य एक विज्ञान र चिकित्सा एक विज्ञान। यी दुवै विज्ञानको एक स्वरुप नै नृत्य चिकित्सा विज्ञान हो वा पद्दति हो। आजको बिषय सामाजीक पारस्परिक सम्वन्ध अर्थात तालमेल हो। नृत्य एक भाई बन्धुत्वको सिद्दान्तमा आधारित छ। वा सामाजीक पारस्परिक सम्वन्धमा आधारित छ। चाहे एक व्यक्ति संग होस वा समाज संग। तसर्थ यो एक सामाजीक पारस्परिक कौशलता बढाउने पृथक विधा हो। यो भन्दा खेरि अतिशयोक्ति नहोला कि सामाजिक पारस्परिक कौशलता जीवन यापनको निमित्त अपरिहार्य त छदैछ तत् बावजुत खुशी प्रदान गर्ने एक उच्चतम विधा हो। चाहे त्यो परिवार भित्र होस वा समाज अथवा ब्यापारिक प्रयोजनमा होस वा सहकर्मीहरु संग होस , नृत्यले एक आपसमा भाई बन्धुत्व समाजस्य कायम गर्दछ र एक आपसमा खुसीको आदान प्रदान गर्दछ। त्यसैले नृत्य सामाजिक पारस्परिक कौशलता बढाउने एक विधा हो।