गोराथोकी (कोइराला) परिवार दाङ तपाईंहरुको स्वागत गर्दछ। यो समिती बनाउनुको मुख्य कारण भनेको प्युठान को त्यतिबेला छबिसे बेल्बास,बेल्बास पन्चायत ,बेल्बास गाउँ बिकास समिति हुँदै आज स्वर्गद्वारी नगर पालिका को ६ नम्बर वाडमा परिवर्तन हुदै गएको छ २०२०,२०२२ साल देखि यो ठाउँ बाट बिस्तारै बिस्तारै बसाइँसराइ गरि दाङ जिल्लाका विभिन्न भागहरुमा आफ्नो बासस्थान बनाएका गोराथोकीहरु लाई एकीकृत गरि चितपरिचीत गराउने नै मुख्य उदेश्य हो । त्यसैले २०७८साल पुस महिनाको १० गते दाङको लमहीमा पहिलो भेला बसी समिति निर्माण गरि १८ जनाको कार्यसमिति चयन गरेको छ । आगामी दिन हरुमा सम्पुर्ण गोराथोकीहरुलाई एकीकृत गर्ने लक्ष्य लिएको यो समिति ले अबको कार्यदीशा आगामी मंसिर ,पुस तिर हुने साधारणसभामा उल्लेख गर्ने छ।अहिले समितिको नाम गोराथोकी(कोइराला ) परिवार दाङ भनेर नामाकरण गरिएको छ प्युठान को बेल्बास बाट बसाइँसराइ गर्ने हरुमा धेरै ले गोराथोकी लेखाउने कसैले कोइराला कसैले शर्मा र कसैले के शी लेख्ने गरेको पाइएको छ त्यसैले गर्दा यश समिति को कोष्टमा कोइराला लेखिएको छ। आगामी दिनमा अन्य गोराथोकी भाईबन्धु संग पुर्ण रुपमा एकता हुने समयमा यो समिति यथावत नै राखिनेछ र नयाँ बन्ने समिति हरुमा केबल गोराथोकी मात्र नै उल्लेख गरिने छ रोल्पा,रुकुम,प्युठान ,दाङ र सल्यान मा गोराथोकी हरुको बसोबास रहेको जानकारी छ।

edit