User:Machhindra Yakkha/sandbox

==

‘कोशी’ शब्द र ‘कोशी’ नदीको नामकरणः

edit
==

तिब्बतको मानसरोवर पूर्वी क्षेत्रबाट उद्गम भएर हिमालय काटी नेपालको पूर्वी क्षेत्रमा बहने अरूण नदी यो एक हिमाली नदी हो । यो अरूण नदी, अरू शाखा हिमाली नदीहरू समेत मिलेर एक ठूलो नदी कोशी या सप्तकोशीले परिचित छ । हिन्दू वाङ्मयमा नदीलाई कोशी र गंगा भनिने पनि गरिन्छ । यो कोशी/सप्तकोशी नदी भारतको गंगा नदीको एक शाखा नदी हो । गंगा नदी बङ्गालको खाडीमा गएर मिसिन्छ । यो कोशी नदी भौगोलिक तथा वातावरणीय हिसाबले चिसो पानी भएको, हिमाली क्षेत्रबाट छोटो दूरी तय गर्ने, माटो–वालुवा धेरै बगाउने एक हिमाली नदी भनी चिनिन्छ । यसका मुख्य शाखाहरूलाई प्राय यसैका नाम ‘कोशी’ जोडिएर बोलाउने पनि (जस्तैः– सुनकोशी, दूधकोशी, भोटेकोशी, अरूणकोशी) गरिन्छ । उत्तरबाट आएको अरूण (वरूण सहित)मा तीनतिरबाट मिसिएको (त्रिवेणी) अरू मुख्य दुई नदीहरूमा पूर्वबाट तमोर, पश्चिमबाट सुनकोशी (अरू दूधकोशी, भोटकोशी, लिखू सहित) हुन् । कोशी नदीको मुख्य नदी यस अरूण(संस्कृतिकरण भएको नाम) नदीलाई तिब्बतमा ‘झाङ्गु कु’ र ‘ताजिउ कु’ भनिन्छ । नेपालमा किरात राई, याक्खा भाषामा ‘होङ्खु’ (वर्तमान) र ‘आराङ्खु’ (केशवमान शाक्य) भनिन्छ । पानी वा खोला बुझाउने तिब्बती भाषाको यो ‘कु’ शब्द र प्राचीन नेवारी तथा किरात भाषाहरूका शब्द ‘खु’, ‘खो’ (थकाली, गुरूङ भाषाका ‘कु’) मा भाषिक भेद छैन, यी एकाक्षरी प्राकृत शब्द हुन् । यो हिमाली नदी अरूण नदीका शाखा, प्र–शाखा तथा कोशी प्रस्रवरण क्षेत्रका नदीहरूका प्राय सबै नाममा ‘वा’ अगाडि ‘खु’ या ‘खु’ समेत प्रत्यय लागेको पाईन्छन् । त्यस्ता नामहरू संखुवा, बुखुवा, खेखुवा, चिङ्खुवा, लाङ्खुवा, लखुवा, सिकुवा, नकुवा, ईर्खुवा, चिर्खुवा, मिखुवा, पोप्खुवा, ताङ्खुवा ईत्यादि धेरै छन् । काठमाण्डौँ उपत्यकामा त प्राय सबै ‘खु’ प्रत्यय लागेर आएको खोलाहरूका नाम थिए र आज पनि छन् जस्तैः– बल्खु, नख्खु, ग्वार्खु, न्यखु, न्वाखु, तुखु, हिजाखु ईत्यादि (के.पी.मल्ल, माइकल वित्जेल), वरिपरि साँखु, मलेखु, बलेखु, दोर्खु, आँखु, सालोङ्खु, पालोङ्खु छन् । अझ पश्चिम तिर (गण्डकी क्षेत्रमा) पनि दिङ्खु, पाङ्खु, राखु, ओम्दोक्यु, साङ्क्यु, लाङ्क्यु ईत्यादि पाईन्छन् । किरात मुन्दुम्/मुन्धुम्मा बर्णित प्राचीन किरात सभ्यताको प्रतिक ‘खुवालुङ’ पनि यही कोशी नदीमा भएको (डा.भक्त राई) मानिन्छ । खोलाको नामकरण सन्दर्भमा डा. के.पी.मल्लको अनुसार ‘सु’ या ‘ती/दी’ भन्दा ‘को÷खो÷खु’ धेरै पुरातन शब्द हो । एक विशाल हिमाली नदी ब्रम्हपुत्रको कीनारमा अवस्थित आसामको प्रसिद्ध तीर्थस्थल कामाक्षाको प्राचीन नाम पनि ‘कुमाखु’ हुनसक्ने (जसको अर्थ ‘माऊनदी’ अर्थ लाग्ने) प्रबल सम्भावना छ । यी खोलाका नामहरूबाट समेत प्राचीन सिनो–तिब्बतो भाषा समूह मध्ये प्राचीन हिमाली भाषा समूह अर्थात् प्राचीन किरात भाषाको प्राकृत शब्द ‘कु/खु’ थियो जसले खोला र नदी भन्ने बुझिन्थे । जसको प्रमाणहरू अझै बचेका यी ‘खु’ प्रत्यय लागेर चिनिने खोला, नदीहरू हुन् । नेवारी र लिम्बू भाषाको शब्दकोशमा खोला/नदीलाई ‘खुसी’ ‘कोःसी’ भनिने कुरा पनि उल्लिखित छन् । यो ‘कोशी’ शब्दलाई यसका आलावा हिन्दू दृष्टिकोणबाट पनि व्यापक रूपमा लिईएको देखिन्छ । ‘झाङ्गु कु’ भनिने नदी तिब्बतबाट नेपाल हुदै अरूण(होङ्खु/आराङ्खु), कोशी या सप्तकोशी भई गंगामा मिसिएको छ । नेपाल र भारतको बिहारमा बग्ने कोशी नदी बाहेक, उत्तराखण्डबाट आई रामगंगामा मिसिने कोशी नदी पनि अर्को छ । पानी वा खोला वा दुबै बुझाउने प्राचीन किरात/नेवारी प्राकृत शब्द ‘खु’मा ‘सी’ थपिएर बनेको शब्द ‘खुसी’(१) भएको, सोबाटनै कोशी शब्दमा रूपान्तरण भएको देखिन्छ । तथापि संस्कृतमा पनि ‘कुश’ को अर्थ ‘जल(पानी)’ लाग्ने भएबाट (चतुर्वेदी संस्कृत–हिन्दीकोष) कोशी नामकरण यसको सम्बन्ध बिषयमा एक अलग्गै अध्ययन हुन आवश्यक छ । प्राचीन किरात प्राकृत शब्द ‘कु÷खु’ बाट ब्युत्पत्ति भएको संकेत देखिन्छ । तुर्किक भाषा परिवार (तुर्किमिन कज्जाख, किर्गिस्तानी) मा खोलालाई ‘सी’ भनिन्छ । सिनो–तिब्बतो भाषा परिवारमा पानी र खोला बुझाउने एकाक्षरी प्राकृत शब्द ‘कु’, ‘खु’, ‘चु’, ‘सु’ ‘छु’, ‘सी’ (‘डी’ पनि?) मध्येबाटै कुनै दुई वा तीन शब्द संयोजन भएर बनेका खोलाहरू (जस्तैः–खुसी, कोक्वा, कोकुवा, कुसुवा, छुखु(छुखा) ईत्यादि) समेत पाईन्छन् । कुनै कालखण्डमा यस कोशी क्षेत्रका वासीलाई कोच/कोइच्(कोचे) र ‘कोचु’ (कुचिला–बाबुराम आचार्य२) र मेची क्षेत्रका वासीलाई मेचु(मेचे) भनिएबाट खोलाका नामबाट प्रयोग भएको समेत देखिन्छ । यसरी ‘चु’ थपिएर खोचु, मेलाम्चु(मेलम्ची), मेचु(मेची), मिखुवा, सिसुवा, कुसुवा भए जसरी ‘खु’ मा ‘सी’ थपिएर ‘खुसी’ हुन गयो, जो ‘खुसी’ शब्द भने नेवारी भाषामा (लिम्बू भाषा शब्दकोशमा पनि ‘कोःसि’ भएको) पनि भएको मानिन्छ, यसरी रूढ शब्द भने ‘खु’ हो । यसरी खोला वा पानी बुझाउने माथि उल्लेखित प्राचीन किरात (हिमाली) भाषा समूहका प्राकृत एकाक्षरी शब्दहरू एकार्कामा पर्यायवाची हुन् । बिशेष ‘कु’ ‘खु’, ‘चु’, ‘सी’ र ‘डी’ का प्रयोग प्रशस्त पाईएकोे देखिन्छ । किरात भाषीहरूमा ‘खु’ लाई ‘खो’ पनि उच्चाहरण गरिने भएबाट एक कालखण्डमा खोला वा नदी बुझाउने ‘खु’ मा अर्को ‘सी’ शब्द पनि थपिन गई ‘खुसी’ भएको र सोबाट अप्रभंस भई ‘खोसी/कोसी’ प्रयोग भई आएको देखिन्छ । यसरी प्राचीन प्राकृत शब्दहरू ‘खु’, ‘खो’ मा अर्को प्राकृत शब्द ‘सी’ को संयोजन स्पष्ट देखिन्छ । खोलीबाट ‘खोल्सी’, पानी परेपछि छानाबाट झरी बगेको पानीलाई ‘बलेसी’, कुलेसी/कुलेसो शब्दहरू नेपाली वाङमयमा पाईन्छन् । यिनै ‘खोसी/कोसी’ पनि नदीको पर्यायवाची शब्दको रूपमा प्रयोग भएको देखिन्छ । नदीको अर्थमा लिईएको ‘कोसी’ शब्द प्रत्ययमा प्रयोग भई सप्तकोशी, सुनकोशी, दूधकोशी, भोटेकोशी, अरूणकोशी, तामाकोशी भएर आएका शब्दहरूमा अब ‘नदी’ समेत थपिएर आईसकेको छ तर अरू दुई शाखा तमोर(ड) र लिखुमा कोशी थपिन नमिली (शाब्दिक अर्थ र उच्चाहरणले गर्दा) संस्कृतिकरण हुनबाट बचेको देखिन्छ । ‘मिखुवा’, ‘संखुवा’, ‘खेखुवा’ आदी शब्दहरूमा खोला बुझाउने शब्द ‘खु’ र ‘वा’ दुईवटा प्रत्ययको प्रयोग भईसकेर पनि अर्को खोला थपी ‘मिखुवा खोला’, ‘खेखुवा खोला’ भनिने गरिन्छ । यसरी थप माथि थप खोला वा नदी बुझाउने शब्दहरू काल–कालान्तरमा थपिदै आएका देखिन्छन् । यसप्रकारको नदीहरू बिशेष नेपाल उपत्यका र पूर्व किरात क्षेत्र बढी रूपमा देखिएका छन् । हिन्दू दृष्टिकोणबाट कोशी नदीको नाम कौशिकी(२) शब्दबाट भएको मत पाईन्छ । संस्कृतमा पानीलाई ‘कुश’ पनि भनिने भएबाट यो प्राचीन किरात प्राकृत शब्द ‘कु/खु’ बाटै आएको मान्न सकिने संकेत देखिन्छ । किनकि यसको प्रयोग अन्यको तुलनामा नगण्य पाईन्छ । यसरी संस्कृतमा प्राचीन किरात प्राकृत शब्द ‘कु’ वा ‘खु’ को प्रभाव छ छैन एक अलग अध्ययनको बिषय देखिन्छ । संस्कृत वाङ्मयमा ‘कुशी’, ‘कुशिक’, ‘कौशिक’ नामका अलग–अलग ऋषिहरू उल्लेख भएको पाईन्छन् । कोशी नामको सन्दर्भमा, हेमकुट पर्वतका तपस्वी कुशिक(३) ऋषिले स्नान गरेका, अनि ‘कौशिकी’ नामकरण भएको मान्यता, रहेको देखिन आउँछ । बरू, ती कुशिक ऋषिको नामबाट नभै पानी (नदी?) बुझाउने शब्द ‘कुश’ अर्थात मातृवाचक ‘कुशी’ हुन गएको (खप्तड स्वामी, शिवपुरी बाबा, नेमुनी भएझैँ कुशीका तपश्वी, कुशका पुत्र ‘कुशिक’) भन्न उचित देखिन्छ । कुश, कुशी शब्द खूदै प्राचीन सिनो–तिब्बतोको हिमाली भाषा समूहका प्राकृत शब्दसंग मेल खान्छ । शाब्दिक संरचनाको हिसाबले वाल्मीकिको अर्को नाम ‘कुशी’ पनि कोशी वा खुसीसंग नजीक देखिन आउँछ । यसरी शब्दसंरचनाको हिसाबले नजीक, ऋषिका पौराणिक नामहरू कुश, कुशी, कुशिक, कौशिक, कौशिकी पाईन्छन् । तथापि महाभारत तथा अन्य ग्रन्थहरूमा भए पनि यहाँ केन्द्रीकृत भएको कुशिक (कौशिकी) ऋषि नै, यसरी कोशी नदी नामकरणसंग जोडिएर परिभाषित हुनु, हेरिनुमा भने, पौराणिक धार्मिक स्थल, नदीहरू भारतीय विद्वानहरूसंग तानातान हुनु पनि एक प्रमुख कारण हो । कुशिक ऋषि, पार्वतीको व्रतकथा र एक नदीको वर्णन, २०१३ सालमा सम्पादित, नेपालीमा अनुवादित तथा प्रकाशित ‘स्कन्द पुराण’ अन्तर्गतको ‘हिमवत्खण्ड ग्रन्थ’(४) मा भएकोले, प्रमुख आधारको रूपमा मानिएको देखिन्छ । भौगोलिक हिसाबले भने यी कुरूक्षेत्रवासी कुशिक (कौशिकी) ऋषिको पूर्वी नेपाल, भारतको बिहार भएर बग्ने कोशी नदीको भन्दा पनि, उत्तराखण्डबाट बहने उत्तरप्रदेशमा आई रामगंगामा मिसिने कोशी नदीसंग बढी नजीकको सम्बन्ध देखिन आउँछ । रामगंगाको माथिल्लो भागलाई ‘खोह/खो’ भनिने भएबाट पश्चिम हिमाली क्षेत्रमा पनि प्राचीन किरात प्राकृत शब्द ‘कु/खु’ को प्रभाव थियो भन्न पर्ने हुन्छ ।

(१) नदीलाई नेवारीमा ‘खो’, नदीको फाँटलाई ‘खुसी’ -Hans Jorgensen, A Dictionary of the Classical Newari), लिम्बूभाषामा नदीलाई ‘कोःसि’ पनि भनिने(लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश, नेपाल प्रज्ञाप्रतिष्ठान), मुण्डरी भाषामा पाट(fog)लाई कोशी(koasi) भनिन्छ (तोसिकी ओशादा, (Hans Jorgensen, A Dictionary of the Classical Newari), संस्कृतमा पानीलाई ‘कुश’ (संस्कृत–हिन्दी–कोष, चतुर्वेदी द्वारकाप्रसाद शर्मा) । (२) स्कन्दपुराण अन्तर्गत हिमवत्खण्डः कामाख्या कौशिकी अध्याय ४० मा ‘कौशिकीनद्या अविर्भावः’ अर्थात् ‘कौशिकी नदीको अविर्भाव’ पाठमा ‘पार्वती ‘पञ्चाग्नीतापको व्रत’ मा बसिन्, कठोर व्रत समापनपछि हेमकूट पर्वतमा ‘कुशिक’ नाम गरेका मुनिलाई गोदान गरिन् । पार्वतीका गोडाबाट पसिनाका विन्दुहरू झरे, हेमकूट पर्वतबाट एक श्रेष्ठ नदी पैदा भइन् र ती कुशिक मुनिले भक्तिसाथ स्नान गरे’ भन्ने उल्लेख भएको छ । ‘कौशिकीगण्डकी भिश्च वाग्वत्या परया तथा अर्थ गण्डकी, उत्कृष्ट वागमती नदी’ भनी मूलपाठमा कौशिकी भए पनि अनुवादमा छुटेको (हिमवत्खण्ड–हिमालय दिक्पाल प्रकरण श्लोक १३७) देखिन्छ । (३) अनिरूद्र जोशीका अनुसार, ‘कुशिक गोत्रोत्पन्न कौशिक, एक प्रसिद्ध ब्राम्हण, तपस्वी, ऋषि थे, विश्वामित्र ऋषि (कश्यप वंशी) के दादा थे । जमदग्नीकी माता, परशुरामकी दादी (गाधि की बेटी) उनकी पोती थी । कहते है कि कौशिकी ऋषि कुरूक्षेत्र के निवासी थे, युधिष्ठिरकी सभा में उनके पास बैठते थे, महाभारत के सभापर्व में इसका उल्लेख मिलता है । प्रजापति के पुत्र कुश, कुश के पुत्र कुशनाभ और कुशनाभका पुत्र राजा गाधि थे । विश्वामित्रजी इन्ही गाधि के पुत्र थे’(कौशिकी ऋषि कौन थे, जानिए उनका वंशका बारे मे, वेवदुनिया) । उनीका अनुसार कौशिक ऋषिको नाम कुशिकको अलावा अर्को ‘कुशनाभ’ पनि देखिन आउँछ । उबेला ठूला राजालाई प्रजापति, जनक भनिन्थ्यो, यहाँ उल्लेख भएको प्रजापति ब्रम्हका मनुपुत्र प्रजापति (सत्यदेवीकी पिता) हुनुपर्छ । प्रजापतिका नाति अर्थात कुशका पुत्रनै ‘कुशिक ऋषि’ भएको देखिन्छ । ‘वाल्मीकि ऋषिलाई कुशी पनि भनिने, जमदग्नी र विश्वामित्रलाई कौशिक पनि भनिने, विश्वामित्रका पिता (परपिता?) कुशिक थिए र कौशिकी एक नदी’ भनी उल्लेख (संस्कृत–हिन्दी कोष, चतुर्वेदी द्वारकाप्रसाद शर्मा) भएको पनि पाईन्छ । हिन्दू ग्रन्थ अनुसार संस्कृतका आदीकवि वाल्मीकि एक महर्षि थिए भने, विश्वामित्र वशिष्ठ ऋषिका समकालीन थिए । (४) ‘योगी नरहरिनाथ, चन्दननाथ योगी, लक्ष्मीनारायण चौडिलागाइको सक्रियतामा, वेद व्यासले रचना गरेका स्कन्द पुराण कै एक खण्ड मानिएको (गिताप्रेस, वारायसीबाट छाप्न अस्वीकार्य भएको?), २०१३ सालमा ३०० बर्ष पूरानो १६ वा १७ औँ शताब्दीतिरको हिमवत्खण्डको सम्पादन, नेपालीमा अनुवादन भई प्रकाशन गरियो । नेपालसंग सम्बन्धित भएकाले केही तीर्थस्थल र महत्वपूर्ण तत्कालीन स्थलहरूको महत्व पछिका विद्वानहरूले प्रक्षेप अंशको रूपमा थपेका पनि हुनसक्छन्’ (घटराज भट्टराई, हिमवत्खण्ड र नेपालको देवस्थल, मंसिर १०, २०५७, गोरखापत्र)। यसबाट के बुझिन्छ भने पौराणिक ग्रन्थहरूमा उल्लेख भएका तीर्थस्थलहरू, नदीहरू नेपाल सरहदमा पनि खोजिएको साँचो हो तर, भारतभूमिमा प्रचलित भईसकेका समेतलाई समेटिनुले भने विवादित रह्यो ।