नामः दिवाकर गाैतम

२०२४ सालमा नेपाली काँग्रेसको साधारण सदस्यता प्राप्त । २०२४ सालदेखि प्रजातन्त्र पुनर्स्थापनाको लागि भएका २०४६ सालसम्मका सबै आन्दोलनहरुमा नेपाली काँग्रेसमा संलग्न भई विभिन्न भातृ संस्थाहरु - नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ गठन गरी पञ्चायत व्यवस्था विरुद्ध पर्चा पम्प्लेट छर्ने लगायत सशक्त र सक्रियताका साथ बिभिन्न राजनैतिक कार्य गर्दै २०२८ सालदेखि नेपाली काँग्रेस जिल्ला कार्य समिति प्यूठानको सदस्य लगायत विभिन्न पदमा रहि राजनैतिक क्रियाकलापमा संलग्न रहदै पटक - पटक जेल र हिरासतमा रहेको ।

संघ संस्थाहरु खोलेको अभियोगमा २०२९ साल कार्तिक देखि राजनैतिक मुद्दामा २०३१।१०१७ को राप्ती अञ्चल अदालतको फैसलाले संस्था नियन्त्रण ऐन २०१९ बमोजिम २ वर्ष ६ महिना कैद र ५०० रुपैंया जरिवाना भएको । संघ संस्था नियन्त्रण ऐन अन्तर्गत २०३६।५।५ देखि २०४०।३।५ सम्म जम्मा ३ वर्ष १० महिना जिल्ला अदालतको पुर्जीद्वारा जेल परेको । २०४२ सालको सत्याग्रहमा सार्वजनिक सुरक्षा ऐन अन्तरगत २०४२/२/९ गतेदेखि नजरबन्द भई प्यूठान कारागारमा रहेको । २०४६ माघ ५-७ सम्म सर्वोच्च नेता गणेशमान सिहंको निवास चाक्सीवारी, काठमाण्डौमा सम्पन्न सम्मेलनमा सहभागी भएको । फाल्गण ७ देखि प्रारम्भ जन-आन्दोलनमा प्यूठान लगायत विभिन्न स्थानहरुमा रही सकृयताका साथ आन्दोलन संचालन गर्ने कार्यका साथै भारत नेपालको सीमा क्षेत्रमा समेत रही पश्चिमको बर्दिया लगायत विभिन्न स्थानहरु र भारतका मर्तिहा, मिहिपुरुवा आदि स्थानहरुमा मिटिङ्ग र आन्दोलनका कार्यक्रमहरु संचालन गरेको। . २०४७ मा प्युठान निर्वाचन क्षत्रे नं. १ का २५ वटै गा.वि.स.हरु र क्षेत्र नं. २ का केही स्थानहरुमा नेपाली काँग्रेसको इकाई समितिहरु गठन गरी पार्टि संगठन सुदुढिकरण भएकै कारण २०४८ को निर्वाचनमा नेपाली काँग्रेसले प्यूठान जिल्लामा विजय हासिल गरेको । २०४० को पौषमा सम्पन्न जिल्ला अधिवेशन द्वारा जिल्ला कार्य समिति प्यूठानको सभापतिमा निर्वाचित । नेपाली काँग्रेसका सभापति श्री गिरिजाप्रसाद कोइरालाद्वारा नेपाल किसान संघ केन्द्रिय तदर्थ समिति सदस्यमा २०५३ श्रावण २४ गते मनोनीत । २०५३ मंसिर ३ गते देखि केन्द्रिय कार्यसम्पादन समितिमा रही २०५५ कार्तिक १० सम्म कार्यसम्पादन गरेको । नेपाल किसान संघको प्रथम राष्ट्रिय महाधिवेशन २०५५ कार्तिक ११-१३ सर्लाहीको लालवन्दीबाट नेपाल किसान संघ केन्द्रिय कार्य समितिमा निर्वाचित । २०५६ को आमनिर्वाचनमा प्यूठान निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएको । तर पार्टि भित्रको आन्तरिक अन्तर्घात र ने.क.पा.एमालेद्वारा जनमोर्चाका उम्मेद्ववारलाई समर्थन गर्दै पार्टिको उम्मेद्वारी समेत नदिएको र विभिन्न गा.वि.सहरुमा प्रतिपक्षबाट बुथ क्याप्चर समेत भएकोले पार्टिको पराजय हुन पुग्यो । प्रारम्भदेखि नै ने.क.पा.माओवादीद्वारा नेपाली काँग्रेसका कार्यकर्ताहरु प्रति असहिष्ण व्यवहार राख्दै आए, २०५७ सालको सुरुदेखी नै ने.क.पा. माओवादीद्वारा नेपाली काँग्रेसका कार्यकर्ताहरु प्रति ज्यादै क्रुर, अमानवीय र दमनकारी नीति अपनाएर ज्यान मार्ने समेत घम्की आएपछि २०५८ माघ ४ देखि प्यूठानको आफनो घर छाडन वाध्य । (त्यसै दिन साथी गिर बहादुरखडकालाई गोली हानी हत्या गरिएके थिये।) २०५८ फाल्गुण ४ गते राती १२ बजे प्यूठान दाखाक्वाडी स्थित घरमा माओवादीको एक सशस्त्र जत्यथाले आक्रमण गरी घरमा सुतिराखेका सवै परिवारका सदस्यहरुलाई कुटपिट गरी लगाउने कपडा समेत नदिई घरबाट निकाला गरी घरमा भएका सुन, चाँदी, गर गहना, नगद, जिन्सी, लत्ता कपडा, अन्तपात, फर्निचर लगायत सम्पूर्ण सर-सामान लुटपाट गरी घरको चारै तर्फबाट शक्तिशाली बम विष्फोटन गराई जगै देखि घर ध्वस्त पारे । उक्त समय देखि प्यूठान जिल्लाबाट विस्थापित भई १० जनाको परिवार सवै हालसम्म पनि जिल्ला वाहिर विस्थापित अवस्थामा रहेका छन । नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा सचिव पदमा २०५९ जेठ २२ गतेदेखी २०७१ सम्म काम गरी कुनै पारीश्रमिक समेत नलिएको सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद ज्यूको स्वकीय सचिव पदमा २०६३ बैशाख २९ गतेदेखि कार्यरत । २०६५।५।१० गते नेपाल प्रजातान्त्रिक सेनानी संघको केन्द्रिय सदस्यमा मनोतिन २०६६।१०।१७ गते नेपाल प्रजातान्त्रिक सेनानी संघको कार्य सम्पादन समितिमा मनोतिन नेपाली काग्रेंसको २०४८ सालको आठौं महाधिवेशनदेखि हाल सम्म भएका नवौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौ, चौधौं महाधिवेशनमा लगातार महासमिति सदस्य हालसम्म