स्पन्दन बिनोद

भक्तपुरको दधिकोटमा जन्म लिएका स्पन्दन बिनोदको पुरा नाम बिनोद प्रसाद धिमाल हो। २०५२ सालमा गोरखापत्रमा कविता छापिए पछि निरन्तर नेपाली साहित्य साधना गरिरहेका स्पन्दन बिनोद हाल कविता , गीत , गजल, मुक्तक, उपन्यास आदि लेख्छन्।

स्पन्दन बिनोदका हाल दुई गजल कृती बजारमा उपलब्ध छन्। अविरल स्पन्दन र भिजाएर गयौ। परदेशमा बसेर बहरबद्ध गजलको गजल कृति निकाल्ने स्पन्दन पहिलो ब्यक्ति मानिन्छन् भने आफ्ना गजल संग्रह पहिलो चोटी युरोपको अन्तिम बिन्दुमा बिमोचन गरेर रेकर्ड समेत राखेका छन्।